नियम ८४
तलब, भत्ता
(१) प्रहरी कर्मचारीले आफ्नो पदमा बहाल गरेको मिति देखि प्रत्येक महिना भुक्तान भएपछि नेपाल सरकारले तोकिदिए बमोजिमको तलब, भत्ता पाउनेछ ।
(२) माथिल्लो तलबमानको कुनै पदमा बढुवा पाउने प्रहरी कर्मचारीले उक्त तलबमानमा तोकिएको सुरु तलबै पाउनेछ ।

तर निजले साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको न्यूनतम तलब बराबर वा सो भन्दा: बढी भएमा निजको बढुवा भएको पदको तलब निर्धारण (गर्दा देहाय बमोजिम निर्धारण गरिनेछ:-

(क) निजले साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको तलबको सुरू तलब बराबर मात्र भएमा सो तलबमा माथिल्लो पदको एक तलब वृद्धि थप गरेर,
(ख) निजले साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको सुरु तलबभन्दा बढी भएमा साबिकमा पाइआएको तलबमा नपुगसम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धि समेत थप गरेर।